ताजा समाचार

विप्लवले हतियारसहित तालिम प्राप्त कार्यकर्ता राजधानी पठाएपछि

 

काठमाडौं, २८ बैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चुनाव वहिस्कार गर्न भन्दै तालिमप्राप्त कार्यकर्ता राजधानी पठाएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लवले राजधानीमा भने तालिम प्राप्त कार्यकर्ता पठाएको हो । नेकपाले राजधानीलाई निशाना बनाएर कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई टाउँको दुखाई भएको छ ।

विप्लव समूहले हतियारसहित तालिम प्राप्त केही कार्यकर्तालाई राजधानीमा पठाएपछि सुरक्षा निकायले ती कार्यकर्ताको खोजी तीव्र बनाएको छ । चुनाव वहिस्कार गर्दै गर्दा आफ्ना नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि विप्लवले यस्तो रणनीति लिएको विप्लव पार्टी श्रोतको दावी छ ।

आफ्नो चुनाव विथोल्ने रणनीतिक योजनामा सुरक्षा निकायले हस्तक्षेप गरेको भन्दै आफुहरु यस्तो गर्न बाध्य भएको श्रोतको दाबी छ । विप्लवले देशभरका गाउँ गाउँमा चुनाव विरोधी गतिविधि गरिहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org