ताजा समाचार

पाँच दिनका लागि राष्ट्रपति भण्डारी आज थाइल्यान्ड हुँदै श्रीलङ्का जाँदै

काठमाडौं, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि आज श्रीलङ्का जाँदै छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाईन्सको विमानमार्फत बिहान पौने ११ बजे थाइल्यान्डको ब्याङ्कक हुँदै श्रीलंका जाने उनका सल्लाहकार सुशिल प्याकुरेलले जानकारी दिए ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउने राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुन राष्ट्रपति भण्डारी त्यस तर्फ जान लागेकी हुन् ।  भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रीपाला सिरिसेना लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन र श्रीलङ्काका विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन् ।  श्रीलङ्काको राजधानी कोलोम्बोमा शुक्रबारदेखि सुरु हुने सम्मेलनको समापन वैशाख ३१ गते हुनेछ ।

राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फकिर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले शुक्रबार थाइल्याण्डमा रहँदा स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यापर्ण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org