ताजा समाचार

स्वास्थ्यमन्त्री गगन थापा कमिसनको खेलमा लागेको औषधि व्यवसायीको आरोप

काठमाडौं, २९ बैशाख । नेपाल औषधि आयातकर्ता संघले स्वास्थ्यमन्त्री गगनकुमार थापा मनपरितन्त्रमा चलेको आरोप लगाएका छन् । विदेशी औषधि आयातकर्ताहरुको संगठनले मन्त्री थापामाथि स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई मनपरितन्त्रमा चलेको आरोप लगाएका हुन् । स्वास्थ्यमन्त्री थापाले आयात हुने कतिपय औषधिमा ४ सय देखि २२ सय प्रतिशत सम्म मुनाफा लिने गरेको भन्दै कार्यदल गठन गरेका थिए । त्यसैको विरोधमा नेपाल औषधि आयातकर्ता संघले शुक्रबार स्वास्थ्यमन्त्री थापालाई ज्ञापनपत्र समेत बुझाएको छ । उनीहरुले मन्त्री थापाले स्वदेशी औषधि उद्योगीहरूको दवाव र प्रलोभनमा परेर कार्यदल गठन गरेको आरोप लगाएका छन् ।

संघका अध्यक्ष अञ्जन पुडासैनीको नेतृत्वमा शुक्रबार बिहान औषधि व्यवस्था विभागको कार्यालय बबरमहलमा जम्मा भएका औषधि आयातकर्ताहरूले स्वास्थ्यमन्त्री गगनकुमार थापाको मनपरितन्त्रविरुद्ध ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले आफू निकटका औषधि व्यवसायी र उद्योगीहरूलाई लाभ हुने गरी बिरामीलाई असर पर्ने गरेर दीर्घकालीन असर पर्ने निर्णय गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

संघका महासचिव पवन आचार्यले राज्यले वैज्ञानिक आधारमा जनतालाई सहुलियत दिने गरेर हुने कुनै पनि निर्णयमा आफूहरूको साथ रहने तर, सीमित औषधि उद्योगी व्यवसायीहरूको दवावमा भए गरेका निर्णयविरुद्ध सधैँ विरोध गर्ने चेतावनी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org