ताजा समाचार

दोलखाको झलेमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ६ जना घाईते

दोलखा, ३१ बैशाख । मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तामाकोशी गाउँपालिका झुलेको अमर उच्च माविमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । घाइते सबैलाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ ।

यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए । यस्तै अन्य स्थानमा तनाव सिर्जना भएको छ ।

दैलेखका जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतीले भने अहिले स्थिति सामान्य भएको बताए । उनले भने, ‘सुरुमा दलहरुको प्रतिस्पर्धाले केही असहज स्थिति भएको थियो तर, अहिले दोलखाका सबै १७८ वटै स्थानको अवस्था सामान्य भइसकेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org