संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।
आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन्। उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए।
नेता कोइरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए। उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताए।
उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ । अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर रु तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो । त्यसमा एमालेका साथीहरु पनि हुनुहुन्थ्यो ।
त्यसपछि पनि ०५६ को आम निर्वाचन हुनुभन्दा पहिला नेपाली कांग्रेसको गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुभयो । नेपाली कांग्रेस र एमाले मिलेर हामीले चुनाव पनि गराएका थियौँ । अहिले जसरी सरकार दुई, दुई महिना, तीन, तीन महिनामा परिवर्तन भइरहेको देखिरहनुभएको छ । तपाईंहरुलाई दिक्क लागिसकेको थियो । राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो । केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन ।
सुशासनका कुराहरु पनि भइरहेका छैनन् । भ्रष्टाचारका कुराहरु पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरु ल्याउनुपर्छ भन्ने कुराहरु नेपाली कांग्रेस र एमालेमा भयो । त्यही तहत हामी सरकारमा गएको । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ । अहिले एमालेको नेतृत्वमा छ, अब डेढ वर्ष बाँकी छ । डेढ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउँछ ।
चुनावमा हामी होमिन्छौँ । यो हप्तादेखि नेपाली कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’
Comments
अरु समाचार
-
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्। बलिदान दिवसका अवसरमा...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
फलाम खानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द...
-
नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
काठमाडौं । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला...
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियोस्: एमाले प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गर्न नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रचार...
-
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य...
-
९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच: खानेपानी मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा...
-
कांग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोेइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा...
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ । प्रतिष्ठानको...