ताजा समाचार

नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले गोरखाबाट मतदान गरे

गोरखा, ३१ बैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका १ को अन्नपूर्ण मावि खोप्लाङ मतदानकेन्द्रमा मतदान गरेका हुन् । विगतमा निर्वाचनमा सबैभन्दा बढी भोट ल्याएर विजयी हुने व्यक्ति बनेका भट्टराईको पार्टी नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा कति स्थानमा विजयी हुन्छ भन्ने सर्वत्र चाँसोको विषय बनिरहेको छ । माओवादी केन्द्रबाट विगतमा विजयी हुँदै आएका भट्टराईले अहिले छुट्टै चुनाव चिन्ह लिएर निर्वाचनमा गएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org