ताजा समाचार

मैतिदेवी केन्द्रमा भोट हाल्दा गगन थापाविरुद्ध एमाले कार्यकर्ताका हुटिङ

काठमाडौं, ३१ बैशाख । स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंको मैतीदेवीस्थित मतदान केन्दमा पुगेर मत खसालेका छन् । बिहान करिब एघार बजेतिर मतदान केन्द्रमा पुगेका मन्त्री थापाले मतदान गरेका हुन् ।

मतदान सकेर सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा थापाविरुद्ध केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले समेत हुटिङ गरेका छन्। मैतिदेवी केन्द्रमा मतदानका लागि पुगेका स्वास्थ्यमन्त्री थापालाई मतदान सकेर संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा स्वयंसेवकको कार्ड भिरेको समूहले होहल्ला गरेको हो।

मिडियासँगको प्रतिक्रियालाई ‘डिस्टर्व’ नै हुनेगरी होहल्ला गरेका स्वयंसेवकहरुले भने उल्टै मिडियाले मोवाइलबाट फोटो खिच्न नपाउने तथा मोबाइलमा रेकर्ड गर्न नपाउने कारण तेर्स्याएका थिए।

स्वास्थ्य मन्त्री थापाले भने एमाले कार्यकर्ताहरु आफूलाई देख्दा तर्सिहाल्ने कारण आफूले बुझ्न नसकेको बताए। ‘मलाई देख्नासाथ उहाँहरु तर्सिहाल्नु हुन्छ, जहाँ देखे पनि हल्ला गरिहाल्नुहुन्छ,’ थापाले भने, ‘तर त्यसो किन गरिरहेनुभएको छ मैले कारण बुझेको छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org