ताजा समाचार

दोलखामा मतपेटिका लुट्ने क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु


दोलखा, ३१ बैशाख । दोलखामा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । मेलुङ गाउँपालिका–१ को पवटीमा रहेको मतदान केन्द्रमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलेको छैन ।

मतदान केन्द्रमा नेपाली कांग्रेस र माओवादी तथा एमालेका कार्यकर्ताबिच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

झडप नियन्त्रणमा लिनका लागि प्रहरीले पहिले अश्रु ग्यास प्रहार गरेको तर मतपेटीका नै जफत गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको उनको भनाई छ । त्यही क्रममा उनको ज्यान गएको बताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org