ताजा समाचार

सरकारी सम्पत्ति खाएको आरोपमा एक भैँसी पक्राउ

काठमाडौं, ३१ बैशाख । भारतमा सरकारी सम्पत्ति नोक्सान पूराएको आरोपमा एक भैँसीलाई पक्राउ गरेको छ । भारत उत्तर प्रदेशको लखिमपुरस्थित खिरीको स्थानीय एउटा क्याम्पस परिसरमा रहेका बोटविरुवा खाइदिएको आरोपमा पुलिसले एक भैँसीलाई पक्राउ गरेको हो । घाँसपास तथा बोटविरुवा खानु त भैँसीको काम नै हो । तर त्यहीँ घाँस खाएको आरोपमा एउटा भैँसी पक्राउ गरिएको हो ।

कलेज परिसरका बोटविरुवा खाइदिने भैँसीमाथि सरकारी सम्पत्ति नोक्सान पूराएको अभियोग लगाउँदै पुलिसले पक्राउ गरी मुद्दा दायर गरेको छ । खिरीको पलिया गाउँमा रहेको बलदेव वैदिक इन्टर कलेजको प्रांगणमा केही दिनअघि वृक्षारोपण गरिएको थियो । केही दिनपछि नै उक्त प्रांगणमा चर्न पुगेको एउटा भैँसीले भर्खरै रोपिएका विरुवाहरु खाइदिएर सखाप पार्यो ।

भैँसीले विरुवा खाइदिएको देखेपछि कलेज प्रशासनले पुलिसलाई खबर गर्यो । पुलिस कुनै ढिलाई नगरीकन घटनास्थलमा पुग्यो र भैँसीलाई नियन्त्रणमा लियो । पुलिसले भैँसीलाई पक्राउ गरी पुलिस चौकीमा लगेर चौकी बाहिर रहेको एउटा रुखमा डोरीले बाँधेर राख्यो । उक्त भैँसीमाथि सरकारी सम्पत्ति नष्ट गरेको अभियोग लगाइएको छ ।

स्मरण रहोस् भारतको उत्तर प्रदेशमा भाजपाको सरकार बनेपछि त्यहाँको पुलिसको बहादुरी ह्वात्तै बढेको छ । केही दिनअघि मात्र युपीका पूर्व मन्त्री आजम खानको चोरी भएको भैँसी पुलिसले फेला पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org