बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता
बेनी (म्याग्दी), १ जेठ । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो । अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र काँग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनपा–१ रत्नेचौरका दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ । वडाको सम्पूर्ण गणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । “मतगणना पूर्व भएका सहमति र आयोगको निर्देशिका अनुसार गणना सुरू गरिएको छ” शर्माले भन्नुभयोे ।
मतगणनाको सुरुवातमा राजनीतिक दलका प्रतिनिधिको सहमतिमा आचारसंहिता समेत बनाइएको छ । बेनपा–१ को मतगणना सम्पन्न भएपछि क्रमशः अरु वडाको सुरु गरिने छ ।
बेनी नगरपालिकामा १८ हजार ३४५ मत रहेकोमा १३ हजार १२८ मत खसेको छ । यसैबीच पाँचवटै गाउँपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । अन्य गाउँपालिकाका केन्द्रमा पनि अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने जनाइएको छ ।
Comments
अरु समाचार
-
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन्...
-
विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै...
-
संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।...
-
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार...
-
सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी...
-
नेपाल र भारतबिच संयुक्त सैन्य अभ्यास मङ्गलबारदेखि
काठमडौं । द्विपक्षीय सम्बन्ध विस्तार तथा साझा सुरक्षा उद्देश्य प्राप्ति गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य...
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...