काठमाडौंमा बदर मत अत्यधिक, निर्वाचन शिक्षाको कमी महशुस
काठमाडौं, २ जेठ । निकै शिक्षितको जमात मानिएको काठमाडौंमा स्थानीयत तह निर्वाचनमा अत्यधिक मत बदर भएको पाईएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई निक्कै प्राथमिकता दिएको बताए पनि राजधानी काठमाडौंमै बदर मतको संख्या अत्यधिक पाइएको हो ।
सोमबार मध्यान्हदेखि सुरु भएर आज बिहानसम्म ६११ मतको गणना सम्पन्न भएको छ । मतगणना प्रक्रिया जति सुस्त देखिएको छ । मत गणना सुस्त देखिएपनि बदर मतको संख्या अत्याधिक देखिएको छ । काठमाडौंमा ६११ मत गणना गरिँदा ६७ मत पूर्ण बदर भएको छ भने ११९ मत आंशिक बदर भएको छ । स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष र चार सदस्यसहित सात जनालाई मतदान गर्नुपर्ने भएकाले मतदाता धेरै झुक्किएको बताइन्छ ।
सामान्यतः अन्य जिल्लाको तुलनामा शिक्षित मतदाता बसोबास गर्ने भनिएको काठमाडौंका अवस्था यस्तो रहँदा अन्य जिल्लाहरुको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । काठमाडौं महानगरपालिकामा ६११ मतको गणना हुँदा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले १७२ मतसहित अग्रता लिएका छन् ।
त्यस्तै साझा पार्टीका किशोर थापाले १२० मतसहित दोस्रो र कांग्रेसका राजुराज जोशी १०१ मतसहित तेस्रो स्थानमा छन् । विवेकशील नेपाली दलकी रञ्जना न्यौपानेले ८६ मत प्राप्त गरेकी छन् ।
Comments
अरु समाचार
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...