ताजा समाचार

पोखरा महानगरको वडानम्बर १ मा एमाले महिला उम्मेदवारसहितको प्यानल विजयी

पोखरा, २ जेठ । देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । २ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेका शारदा पराजुली १ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी (च्वाईं) र सहारा प्रधान विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org