ताजा समाचार

सिन्धुलीका ५ वडामा कांग्रेस र दुई वडामा एमालेको प्यानल विजयी

सिन्धुली, २ जेठ । सिन्धुलीका ५ वटा वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । त्यस्तै दुई वटा वडामा एमालेको प्यानल विजयी भएको छ । सिन्धुुली कमलामाई नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेद्वार महेश खतिवडा ९१५ मतसहित विजयी भएका छन् ।

दुधौली नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका गोविन्द पहाडी ९५०, गोलन्जोर गाउँपालिकाको वडा नम्बर २ मादौलत कार्की ४७७, वडा नम्बर ३ मा पुस्कर बराल ४४२, र फिकल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा चेतबहादुर बिकले ६०० मत ल्याएर विजयी भएका छन् । यस्तै एमालेले सिन्धुली तीनपाटन गाउँपालिकाको वडा नम्बर १ मा गोविन्द राउत र गोलन्जोर गाउँपालिका वडा नम्बर ४ का वेगबहादुर मगरसहित प्यानल विजयी भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org