ताजा समाचार

रामेछापको उमाकुण्ड गाउँपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

रामेछाप, ३ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । अध्यक्षमा एमालेका शेरवहादुर सुनुवार ३ हजार १ सय ७५ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिक्मत सुुनवारले भने २ हजार ३ सय १२ मत पाए ।

उपाध्यक्षमा एमालेको उम्मेदवार नभएका कारण नेपाली कांग्रेसकी उमिला कार्की बस्नेतले जितेकी छन् । उनले २ हजार ३ सय १३ मत पाइन् । रामेछापको गोकुलगंगा गाउँपालिकामा यसअघि नै एमालेकै शेरवहादुर सुनुवार बिजयी भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org