ताजा समाचार

कास्कीको अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

कास्की। ३ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार युवराज कुँवर विजयी भएका छन् । उनले ४ हजार ६ सय ७२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार विष्णुबहादुर केसीले ४ हजार ४ सय ८ मत प्राप्त गरे ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार सगुन गुरुङ्ग ४ हजार ५ सय ८६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खिमकुमारी गुरुङ्गले ४ हजार ४ सय मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org