ताजा समाचार

कक्षा ११ को परीक्षाको नयाँ मिति तय (नयाँ रुटिन सहित)

भक्तपुर, ३ जेठ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । यसअघि असार १ गतेबाट ११ को परिक्षा तालिका तय भएको थियो । नयाँ तालिका अनुसार असार ८ गतेबाट सुरु भएर १८ गते सकिने छ । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो ।

तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गरिएको हो । पहिलो २ ३ वटा परीक्षालाई मात्रै पछि सारेर अरु यथावत गर्ने विकल्पमा समेत छलफल भएपनि बोर्डले असार ८ गते गर्ने निर्णय गरेको हो । ‘देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको हो, तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार छ’ नियन्त्रक डम्बर कुमार बतासले भने ।

रुटिन हेर्नुहोस् :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org