ताजा समाचार

एमालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते, एकको अवस्था गम्भिर

सिन्धुली, ४ जेठ । सिन्धुलीमा एमालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । गएराति तीनपाटन गाउँपालिकामा एमालेले निकालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार भएको थियो । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएको स्थानीय जमुना अधिकारीले जानकारी दिइन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय र्‍यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नमबर ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org