ताजा समाचार

आशिंक प्राध्यापक संघ नेपालले प्रधानमन्त्री निवास बाहिर धर्ना दियो


काठमाडौं, ४ जेठ । आशिंक प्राध्यापक संघ नेपालले प्रधानमन्त्री निवास बाहिर धर्ना दिएका छन् । यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै संघ नेपालले प्रधानमन्त्री निवास बालुवाटार बाहिर धर्ना दिएको हो । २०६५ सालयता तीनपटक आफुहरुसँग सरकार र त्रिभुवन विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै धर्ना दिइएको संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए ।

बर्षौदेखि पार्टटाइमरका रुपमा क्याम्पसमा प्राध्यापन गराइरहेका आंशिक प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने, बौद्धिक शोषण अन्त्य हुनुपर्ने, यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग संघले गर्दै आएको छ ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयनका लागि उनलाई नै दबाब दिन आन्दोलनका विभिन्न चरणमध्ये बिहिबारदेखि धर्ना सुरु गरिएको संघका सदस्य नारायण कोइरालाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org