ताजा समाचार

डीआइजी नवराज सिलवालको मुद्दा ७ न्यायाधीशको ‘वृहत पूर्ण इजलास’ मा तोकियो

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतमा डीआइजी नवराज सिलवालको मुद्दाको आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालको मुद्दाको सुनुवाइ गर्न ७ न्यायाधीशको ‘वृहत पूर्ण इजलास’ तोकेकी छिन् ।

वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सिलवालको मुद्दाको छिनोफानो गर्नेछन् ।

बिहीबारको यो इजलासले सिलवालद्वारा दायर गरिएको रिटका साथै आइजीपी प्रकाश अर्यालले सिलवालविरुद्ध दायर गरेको रिटमाथि समेत एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ ।

आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org