ताजा समाचार

पोखरा लेखनाथ महानगरको मतगणना विवादः आज सर्वदलीय बैठक बस्दै

पोखरा, ८ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अघि बढाउन आज सर्वदलीय बैठक बस्दैछ । निर्वाचन कार्यालयले आईतबारनै मतगणना कार्यलाई अघि बढाउन खोजेपनि त्यो प्रयास असफल भएको थियो । अब सहमति अनुसार नै मतगणना गरिनेछ । त्यसको लागि आज दिउँसो सर्वदलीय बैठक बस्दैछ ।

बैठकमा निर्वाचन आयोगबाट एकजना प्रतिनिधि आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतगणना अघि बढाउने प्रयास गरेपनि असफल भएको थियो ।

माथीको आदेश भन्दै निर्वाचन कार्यालयले मतगणना शुरु गर्ने प्रयास गरेको थियो । उसले निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप लागेको मतपत्र सदर भएको र दुई वटा हस्ताक्षर मतदान अधिकृतकै भएकाले स्वस्तिक छाप केही चाक्लो हुँदैमा मतगणना रोक्नुपर्ने कारण नदेखिएको भन्दै मतगणनाका लागि प्रतिनिधि पठाउन दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुलाई आग्रह गरेको थियो ।

तर कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ती पार्टीहरुले चाक्लो स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने अन्यथा मतगणना बहिस्कार गर्ने बताए । निर्वाचन कार्यालयले मुचुल्काबारे मौन बस्दै मतगणना अघि बढाउने तयारी गरेपछि कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई मतगणना बहिस्कार गर्ने ज्ञापन पत्र बुझाउनुका साथै कांग्रेस सांसदहरु यज्ञबहादुर थापा र शारदा पौडेल मतगणना स्थलमै धर्नामा बसेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org