ताजा समाचार

चितवन मेडिकल कलेजको आईसियु कक्षमा तोडफोड, ७ जना पक्राउ

चितवन, १८ जेठ । उपचारको क्रममा एक युवकको ज्यान गएपछि आक्रोशित युवाहरुले चितवन मेडिकल कलेजको सघन कक्ष (आईसियु कक्ष) मा तोडफोड गरेका छन् ।

केही दिन अघि दुर्घटनामा परि गम्भिर घाइते भएका राप्ती नगरपालिका–९ बस्ने वर्ष १७ का रोमन तामाङको उपचारको क्रममा मृत्यु भएपछि केही युवाले आईसियु कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ । आक्रोसित युवाहरुले अस्पतालमा रहेका सुरक्षा गार्डलाई समेत कुटेर आईसियु कक्षमा प्रवेश गरेका थिए । प्रहरीले तोडफोडमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org