ताजा समाचार

हेटौंडा उपमहानगरको पहिलो निर्णयः जग्गा प्लटिङ स्वीकृतिमा रोक

मकवानपुर, १८ जेठ । हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले जग्गा प्लटिङ स्वीकृतिमा रोक लगाएको छ । नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुको पहिलो बैठकले हेटौंडामा जग्गा प्लटिङ स्वीकृतिमा रोक लगाएको हो । बैठकले अब बन्ने घरको आगनका कम्तिमा तीनवटा बिरुवा हुर्काउनुपर्ने निर्णय गरेको छ ।

हेटौंडाका मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको पहिलो बैठकले हरेक घर निर्माण गरिसकेको सम्पन्नता प्रमाणपत्र उपमहानगरबाट लिनका लागि तीनवटा बिरुवा हुर्काउनुपर्ने निर्णय गरेको हो ।

यस्तै उपमहानगरले सामाजिक सुरक्षाभत्तालाई घर घरमा गएर वितरण गर्ने निर्णय समेत गरेको छ । यसअघि बैंकबाट वितरण गरिएको आएको सामाजिक सुरक्षा बृद्ध भत्तालाई अबदेखि घरमै गएर वितरण गर्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org