ताजा समाचार

कडा सुरक्षाकाबीच भरतपुरमा च्यातिएका मतपत्रको गन्ती सुरु

चितवन, १८ जेठ । भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको टीमले च्यातिएका मतपत्र गन्न सुरु गरेका छन् । च्यातिएका मतपत्र के कति संख्यामा छन् पत्ता लगाउन आयोगले दिएको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको टोलीले मतपत्र खोलेको छ ।

निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org