ताजा समाचार

परम्परा जोगाउन भन्दै निर्वस्त्र स्कुल सुरु

काठमाडौं, जेठ । जापानीहरु सदैव आफ्नो अनौठो हर्कतका लागि चिनिन्छन् । फेरि यस्तै अनौठो समाचार आएको छ । यो पछिल्लो खबर चाहीँ सामुहिक स्नानघरको हो । राजधानी टोकियोमा रहेको हिनोदेयु बाथ हाउस नामक सामूहिक स्नानघर यसकारण चर्चित छ की यहाँ मानिसहरुले निर्वस्त्र रुपमा सामूहिक रुपमा नुहाउने गर्दछन् ।

यो सुन्दैमा अनौठो लाग्दछ । खासगरी जापानी युवाहरुलाई आकषिर्त गर्नका लागि यो स्नानघरको निर्माण गरिएको हो । यो सामूहिक निर्वस्त्र स्नानघर खोल्नुको एउटा उद्धेश्य चाहीँ जापानी युवाहरुलाई सामूहिक स्नानको पूरानो परम्परालाई सम्झाउनु हो ।

जापानमा दशकौंदेखि सामुहिक स्नानको परम्परा चलिआएको छ । यस्तो सामूहिक स्नानलाई सिन्टो भनिन्छ । आजकल आधुनिक जीवनशैलीका कारण घरमा अत्याधुनिक बाथरुम बनेसँगै सिन्टो परम्परा लोप हुन थालेको छ । जसका कारण उक्त अनौठो निर्वस्त्र सामुहिक स्नानघर खोलिएको हो ।

उक्त सामूहिक निर्वस्त्र स्नानघरमा नुहाउन आउने युवाहरुले अरु धेरै कुरा सिक्दछन् पनि । नुहाउने बेला यहाँ विभिन्न खेल पनि खेल्न पाइन्छ । साथै जिवन जिउने विभिन्न तरिकाहरु एक अर्कामा शेयर गर्दछन् । त्यसैले यसलाई निर्वस्त्र स्नानघर मात्र होइन की निर्वस्त्र स्कुल नै भन्ने गरिएको छ । यो निर्वस्त्र स्नानघर तथा स्कुलमा नुहाउन र सिक्नका लागि झण्डै ४ सय रुपैयाँ बराबर मूल्य तिर्नुपर्दछ । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org