ताजा समाचार

भरतपुर महानगरमा ९० मतपत्र च्यातिएको भेटियो, ९९८ मतपत्र सुरक्षित

 


चितवन, १८ जेठ । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको भेटिएको छ । निर्वाचन आयोगले च्यातिएको मत गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार च्यातिएको मत गनिएको हो । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतको रोहबरमा गरिएको गणनामा ९० मतपत्र च्यातिएको पाईएको हो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित गरिएको छ । निर्वाचन आयोगद्धारा गठन गरिएको छानविन समितिले माओवादी केन्द्रका प्रतिनिनिधिहरु मधु न्यौपाने र द्रोण सिवाकोटीलाई कारवाही गर्न सिफारिस गरेको थियो । उक्त घटनामा ती दुवै जना दोषी पाईएकाले उनीहरुलाई कारवाही गर्न सिफारिस गरेको हो । जिल्ला अदालत चितवनले दुवै जनालाई जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

भरतपुर वडा नम्बर १९ मा जम्मा २ हजार ८ सय ९७ मत खसेको थियो । यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको छ । बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेको र ९० वटा मतपत्रमा क्षति पुगेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org