ताजा समाचार

डीआईजी नवराज सिलवालको मुद्दा हेर्दाहेर्दैमा स्थगित

काठमाडौं, १८ जेठ । डीआइजी नवराल सिलवालको मुद्धा आज पनि हेर्दाहेर्दैमा स्थगित भएको छ । डीआईजी सिलवालले ‘आफूलाई आईजिपी बनाईपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दा हेर्दाहेर्दैमा स्थगित भएको हो । अब मुद्दाको सुनुवाई असार १ गते हुनेछ । हेर्दाहेर्दैमा स्थगित भएको मुद्धा अर्को मितिमा आज हेरेकै न्यायाधिशहरुको बेन्चले हेर्ने कानुनी प्रावधान छ ।

बिहीबार न्यायाधीशहरु चोलेन्द्र शमशेर जवरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सहितका सातजना न्यायाधिश सम्मिलित पुर्ण इजलाशले उक्त मुद्धा सुनुवाई गरेको थियो ।

गत फागुन १ गते सरकारले डीआईजी जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि शुरु भएको ‘आईजिपी प्रकरण’ झण्डै साढे तीन महिनादेखी अन्त्य हुन सकेको छैन् । सर्वोच्चले जय बहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि शिलवाल पुन अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org