ताजा समाचार

वीरेन्द्रको बंश नै नाश हुनेगरी भएको दरबार हत्याकाण्डको आज १६ वर्ष पूरा

काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । १६ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । घटनाको अझै स्वतन्त्र रुपमा छानबीन हुन सकेको छैन ।

हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहलय बनाइएको छ । तर राजाले लगाउने गरेको श्रीपेच भने अझै पनि सार्वजनिक गरिएको छैन । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक नगरिएको नारायणहिटी दरबार संग्रहालयले जनाएको छ ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु भएको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण सुरु गरिएको हो ।

संग्रहालय प्रशासनले एक वर्षभित्र तयार हुनेगरी दरबार हत्याकाण्ड भएको दीपेन्द्रको निवास त्रिभुवन सदन निर्माण गरेको हो । दरबार हत्याकाण्ड भएको स्थान विलियार्ड बैठक हेर्न लायक भएको केही समयपछि संग्रहालय प्रशासनले त्रिभुवन सदनको निर्माण सुरु गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org