ताजा समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल प्रहरीको उच्च प्रशंसा

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल प्रहरीको उच्च प्रशंसा गरेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री दाहालले उच्च प्रशंसा गरेका हुन् । स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनमा यस्तै भूमिकाको अपेक्षा गरेको प्रधानमन्त्रीको भनाई छ ।

प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला भएको भन्दै उनले भनेका छन्, दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा उत्सवकै रुपमा सम्पन्न गर्ने तयारी भइसकेको छ ।’

मुलुकभर आवश्यक पर्ने प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने केन्द्रीय प्रशिक्षण संस्थाको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्दै थप पूर्वाधार तथा स्तरवृद्धि गर्नु आजको आवश्यकता रहेको उनको धारणा छ । यसको लागि सरकार सधैं सकारात्मक रहेको उनको भनाई छ । सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीमा संख्या वृद्धि भन्दा गुणात्मक विकासमा जोड दिनु बढी महत्वपूर्ण हुने प्रचण्डको धारणा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org