ताजा समाचार

डोटीमा भारतीय प्रहरीको नाङ्गो हस्तक्षेप भएको विप्लव माओवादीको ठहर

काठमाडौं, १९ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले डोटीमा भारतीय प्रहरीले नेपालीलाई अपहरण गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार राति भारतीय प्रहरीको एक टोलीले दिपायल सिलगढी नगरपालिका ८ का लालबहादुर आउजीलाई अपरण गरी भारततर्फ लैजान खोजेको थियो । उक्त घटनापछि नेपाल प्रहरीले भारतीय प्रहरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका भारतीय प्रहरीलाई विनाकारबाही छोड्ने तयारी भईरहेको छ । उक्त घटनालाई नेकपाले भने नेपालमाथि भारतीय ठाडो हस्तक्षेप भनेको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले डोटीमा भएको भारतीय प्रहरीको नेपाल प्रवेश र नेपाली नागरिकको अपहरणलाई नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको बताएका हुन् । आज विहान एक विज्ञप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले ‘अन्तर्राष्ट्रिय कानुन अनुसारसमेत भारतीय प्रहरी विना अनुमती नेपाल प्रवेश गर्नु गैरन्यायिक र अपराधीक कार्य भएको बताएका छन् । उनले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, नेपाली नागरिकलाई फिर्ता ल्याउन र भारतीय प्रहरीलाई कारवाही गर्न माग गर्नु भएको छ ।

नेपाली नागरिक अपहरण गर्ने भारतीय प्रहरीलाई कारबाही गर्नुको सट्टा सुचना लुकाएर गुपचुप फिर्ता गर्ने हर्कतले देशको सार्वभौमिक अखण्डता मै गम्भीर धक्का लागेको प्रकाण्डद्वारा जारी वक्तव्यमा भनिएको छ । आज नेकपाले काठमाडौंमा एक विरोध जुलुशसहित भारतीय दुतावास लैनचौरमा विरोध–पत्र बुझाउने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org