ताजा समाचार

प्रधानमन्त्री चयन प्रक्रिया आजबाट, एमाले संसद चल्नै नदिने मनसायमा

काठमाडौं, १९ जेठ । आजबाट प्रधानमन्त्री चयनको प्रकृया सुरु हुने भएको छ । गत जेठ ९ गते पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि कार्यतालिका तय गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक बस्दैछ ।

नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने समितिको बैठकमा परामर्शपछि सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउने बताइएको छ । प्रधानमन्त्री चयनका लागि शनिबार निर्वाचन प्रक्रिया शुरु गर्न सभामुख घर्तीले बैठकमा प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ । यद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा अन्यौल देखिदै आएको छ ।

एमालेले भरतपुर महानगरमा मत पत्र च्यातिएको विषयलाई लिएर सदन अवरुद्ध गर्दैआएको छ । उसले मतगणना सुचारु नभएसम्म संसद अवरुद्ध जारी राख्ने जनाएको छ । यसैवीच सभामुख घर्तीले शनिबार उम्मेदवारी मनोनयन देखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पुरा गर्ने र २१ गते निर्वाचन गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेको निकट श्रोतले जनाएको छ । व्यबस्थापिका संसदको बैठक जेठ २१ गते आइतवारका लागि बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org