ताजा समाचार

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिउँसै ‘रक्सी खाएर’ कार्यकक्षमै निदाएपछि..

कालिकोट, १९ जेठ । अहिले जननिर्वाचित प्रतिनिधिले आ आफ्नो काम कारबाही अगाडी बढाएका छन् । पहिलो चरण अन्तर्गत बैशाख ३१ गते सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले आआफ्नो क्षेत्रमा काम कारबाही अगाडी बढाएका छन् । उनीहरुले आफ्नो लोकप्रियता कमाउन वा साँच्चै काम गर्नकै लागि हो पहिलो निर्णय भने निकै बोल्ड गरेका छन् ।

कसैले सामाजिक सुरक्षा भत्ता घर घरमा गएर वितरण गर्ने देखि लिएर विहान घाम नझुल्किँदै महानगरको फोहोर सफा हुने जस्ता निर्णय गर्दै लोकप्रियता कमाईरहेका छन् । सामाजिक सञ्जालमा उनीहरुले गरिरहेका काम कारबाही चर्चा परिचर्चा समेत भईरहेको छ । यसैमा कालिकोटका एक जनप्रतिनिधि भने यति बेला सामाजिक सञ्जालमा निकै भाइरल भईरहेका छन् । उनी राम्रो काम गरेर भने पक्कै होईन् । उनी रक्सी सेवन गरेर कार्यकक्षमै निदाएको फोटो यतिबेला सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको वालमा यो फोटो देखिन्छ । यही फोटोलाई हेरेर धेरैले जनताले राम्रो व्यक्ति चुन्न नसकेको प्रतिक्रिया दिएका छन् ।

उनी हुन् कालिकोटका जनप्रतिनिधि खडानन्द चौलागाई । चौलागाई आफ्नो कार्यालयभित्रै निदाएको फोटो भाइरल भएको हो । चौलागाइ नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । फेसबुक प्रयोगकर्ताहरुले रक्सी खाएर चौलागाई दिउँसै कार्यकक्षमै निदाएको लेखेका छन् । चौलागाईले रक्सी खाए(नखाएको भन्न नसकिएपनि दिउँसै निदाएका भने पक्कै हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org