ताजा समाचार

ललितपुर मतगणना विवादः काँग्रेसका चिरीबाबुको नाममा अदालतको कारण देखाउ आदेश

ललितपुर, १९ जेठ । ललितपुर महानगरपालिकाको मेयरको मतगणनासम्बन्धी विवादमा अदालतले विपक्षीको नाममा कारण देखाउन आदेश जारी गरेको छ । ललितपुर महानगरपालिकामा एमालेतर्फका मेयरको उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले दायर गरेको उजुरीमा उच्च अदालत पाटनले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । व्यञ्जनकारले उच्च अदालत पाटनमा बुधबार फिरादपत्र दर्ता गराएका थिए।

मत गणनाकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी व्यन्जनकारले मुद्धा दायर गरेका थिए ।

महानगरको वडा नम्बर १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमति बेगर आयोगका कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर काँग्रेसका चिरीबाबु महर्जनको भन्दा ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org