ताजा समाचार

शिकारीले थापेको करेन्टको पासोमा परेर एक म्यादि प्रहरीको मृत्यु

कैलाली, १९ जेठ । कैलालीमा करेन्ट लागेर एक म्यादि प्रहरीको ज्यान गएको छ । सुर्मिनालाका ३१ वर्षीय म्यादी प्रहरी अशोक चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरबाट मोटरसाइकलमा उदासीपुर तर्फ जाँदै गर्दा बढैपुरको जंगलमा करेन्ट लागेर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका १० बस्ने अन्दाजी १८ वर्षीया कविता चौधरी घाईते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हसुलियामा म्यादी प्रहरीका रुपमा कार्यरत मृतक अशोक चौधरीसहित बिहीबार राति कैलारी गाउँपालिका ९ गदरियाका गुड्डु राना, गौरीगंगा नगरपालिका १० की ममता चौधरी र कविता चौधरीसंगै मसुरिया बजार गएको र र्फकने क्रममा जंगलको बाटोमा शिकारीले थापेको करेन्टको पासोमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नायव उपरीक्षक बुढाले अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org