ताजा समाचार

राजश्व विभागका महानिर्देशक चुणामणि शर्माले भने, ‘मेरो पक्राउ कानुन र विधिकै अपमान’

काठमाडौं, २१ जेठ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका छन् । राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा शुक्रबार पक्राउ परेका महानिर्देशक शर्माले अख्तियारले कानुन र विधि विधानकै अपमान भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान विशेष अदालतमा उपस्थित गराइएका शर्माले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘सरकारले कानुन अनुसार आयोग बनाएको र सरकारकै आदेश पालना गरेर आयोगमा बसेको अवस्थामा आयोगको काम कारबाहीलाई छानबिनको गर्नु विधि विधानकै अपमान हो,’ उनले भने ।

इजलासमा पेस गरेपछि आइतबार नै विशेष अदालतले म्याद थपको अनुमति दिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्न सक्ने’ आशंकामा शर्मालाई आन्तरिक राजस्व विभागबाटै अख्तियारको टोलीले शुक्रबार पक्राउ गरेको हो । अख्तियारको गिरफ्तारीसँगै सचिव हुने रोलक्रममा रहेका शर्मा निलम्बनमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org