बूढीगण्डकी आयोजना निर्माण गर्न उजामन्त्री शर्मा र चिनियाँ कम्पनीबीच सम्झौता
काठमाडौं, २१ जेठ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढी गण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको बताउँदै तोकिएको समयभित्रै गुणस्तरीयढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो । यही जेठ ९ गतेको मन्त्रीपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
काठमाडौं । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको...
-
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार...
-
सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका
काठमाडौं । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।उचित मूल्य र पहिचानका लागि सुन्तला...
-
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व संकलन
काठमाडौँ: नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व...
-
यस्तो छ आज काठमाडाैंमा तरकारी र फलफूलको मूल्य
काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र...
-
ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना सुरु
काठमाडौं । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ओभरपास (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)का निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु गरिएको छ । निर्धारित...
-
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
काठमाडौं । आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको...