ताजा समाचार

प्लास्टिकमा बेरेर नवजात शिशु जिउँदै फालिएको अवस्थामा फेला

बर्दिया, २२ जेठ । बर्दिया नगरपालिका–४ कुश्मघाटको पुलनजिकै सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेलापारेको छ ।

बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेलापारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले बेवारिसे शिशु कसको हो भनी खोजीकार्य जारी राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org