ताजा समाचार

देउवा सरकारमा नगएर प्रतिपक्षमा बस्ने नेपाल परिवार दलको निर्णय

काठमाडौं, २२ जेठ । संसदमा २ सिट रहेको नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले प्रतिपक्षमै बसेर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा निरन्तर काम गर्ने निर्णय गरेको छ ।

राष्ट्रियताको सबालमा अत्यन्त कमजोर धरातल भएको सत्ता गठबन्धनलार्इ काम नहेरी समर्थन गर्न नसकिने भन्दै परिवार दलले गुण र दोषको आधारमा सरकारको समर्थन वा बिरोध गर्ने नीति लिएको अध्यक्ष ढकालले बताए ।

निर्बाचनको बिचमा सरकार परिबर्तन हुनु शोभनीय नभएको भन्दै परिवार दलले संबिधान कार्यन्वयन, असन्तुष्ट दलको माग सम्बोधन, राष्ट्र विकास र पुनर्निर्माणमा सबै दलबीच समझदारी आवश्यक रहेको बताएको छ । परिवार दलले सबै राजनैतिक दलहरुलाई आ–आफनो अडान छोडेर सहमतिमा आउन आग्रह पनि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org