ताजा समाचार

एमालेले संसद अवरोध नगर्ने भएपछि शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री हुने पक्का

काठमाडौं, २२ जेठ । मुलुकले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवालाई ४० औं प्रधानमन्त्रीको रुपमा पाउने भएको छ । आईतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचन एमालेले संसद अवरोध गर्ने बताएपछि मंगलबारको लागि सारिएको थियो । भोली (मंगलबार) एमालेले संसद अवरुद्ध नगर्ने बताएपछि देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको दिन संसदमा अवरोध नगर्ने भएको छ । एमाले उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आफ्नो पार्टी अगाडि बढ्ने बताए । भोलि संसदको अवरोध हट्ने र प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध नगर्ने भन्दै उनले भने, हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर, देउवाजीको विपक्षमा मत हाल्छौं ।’

चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी कांग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै उनले सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए । उनले भने, ‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’ उनले प्रधानमन्त्रीका उम्मेद्धवार देउवा र आफू प्रदेश नम्बर ७ कै स्थायीवासिन्दा भएको भन्दै आफ्नो व्यक्तिगत रुपमा अत्यन्तै राम्रो सम्बन्ध रहेको बताए ।

उनले भने, ‘व्यक्तिगत रुपमा देउवाजी र प्रचण्डजीसँग मेरो राम्रो सम्बन्ध छ । तर देशको जिम्मेवार, लोकतन्त्रको रक्षाविरुद्ध लागे आलोचना गर्नु पर्छ, राम्रा काम गरे शेरबहादुरजी देउवालाई पनि मेरो समर्थन रहन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org