ताजा समाचार

राजपा नेपाल पनि प्रधामन्त्री चुनावमा सहभागि हुने, देउवासँगै यस्तो सहमति हुँदै

काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रधानमन्त्री चुनावमा सहभागि हुने भएको छ । त्यसका लागि आज मध्यान्ह व्यवस्थापिका संसद भवन बानेश्वरमा नेपाली काँग्रेससँग सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।

प्रधानमन्त्रीका लागि आज हुने चुनावमा राजपा नेपालले भाग लिने त्यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर हुने राजपाले जनाएको छ ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने मनस्थिति बनाएका राजपा नेपालले नेपाली काँग्रेससँग लिखित प्रतिबद्धता चाहेका कारण आफ्नो निर्णय सार्वजनिक गरेको थिएन ।  पुरानै गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार देउवालाई यसअघि नै उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले समर्थन जनाई सकेको छ ।

त्यसमध्ये फोरम नेपाल सरकारमा सहभागि हुँदैन भने लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुने भएको छ । त्यस्तै राजपा नेपाल पनि देउवालाई बाहिरबाट नै समर्थन गर्ने सरकारमा नजाने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org