ताजा समाचार

कतारसँग सात राष्ट्रले कुटनीतिक सम्बन्ध तोड्दा नेपाली सुन बजारमा असर

काठमाडौं, २३ जेठ । सात राष्ट्रले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि त्यसको असर नेपाली सुन बजारमा देखिने भएको छ । अहिले खाडी देशबाट सुन आयात भइरहेकाले यसको प्रत्यक्ष असर सुन बजारमा पर्ने देखिएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरका अनुसार सात राष्ट्रको प्रतिबन्धपछि कतारले अब चाल्ने कदमले नेपाली सुन बजारमा प्रभाव पर्नेछ । कतारबाट कुनै ठोस निर्णय आइनसकेकोले पर्ख र हेरको अवस्थामा रहेको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org