ताजा समाचार

बिदा हुँदाहुँदै सुशीला कार्कीले भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिन्

काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीले भावि प्रधान्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेकी छन् । अनिर्वाय अवकाश पाउन लागेकी प्रधानन्यायाधीश कार्कीले अवकाशअघि संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम पठाएकी हुन् ।

न्यायपरिषद् अध्यक्ष समेत रहेकी कार्कीले भावी प्रधान्यायाधीशको लागि बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम पठाएकी हुन्। न्यायपरिषद्ले पठाएको नामको आधारमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्त गर्ने गर्दछ ।

संवैधानिक परिषद्ले बरिष्ठतम् न्यायाधीशलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्त गर्ने गरेको छ। सुशीला कार्कीले भोली (बुधबार) अवकाश पाउँदैछिन्। त्यअघि आज अदालत पुगेर केही समय बिताएर उनी फर्किइसकेकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org