ताजा समाचार

ओलीको डेढ घण्टा लामो प्रश्नको जवाफ देउवाले अलमलमा पर्दै ९ मिनेटमा

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त भएको दाबी गरेका छन् । राष्ट्रियताका विषयमा आफ्नो पार्टीमाथि विभिन्न आरोप आईरहेको भन्दै उनले यो पार्टीको सिद्धान्त भएको र यसबारेमा कसैले पाठ सिकाइरहनु नपर्ने दाबी गरे । यी विषयलाई कमजोर हुने गरी कसैसँग सम्झौता नगरिने प्रतिबद्धता जनाए ।

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनीभन्दा अगाडि सम्बोधन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका विषयको जवाफ दिँदै ‘एमालेले संसद चल्न नदिएकै कारण प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन नसकिएको’ बताए । सभापति देउवाले ‘मतपत्र च्यात्ने र निर्वाचन गराउने नजीर रहेको भन्दै अदालतमा पुगेको विषयमा बहस गर्न चाहन्नँ’–भने ।

देउवाले तराई–मधेसका नेतालाई लक्षित गरी धेरै प्रहार नगर्न आग्रह गर्दै हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरु गरेको र त्यसलाई निरन्तरता दिएकामा ओलीलाई धन्यवाद दिए । प्रदेश र संघीय संसदको निर्वाचन आउँदो माघ ७ गतेभित्र सम्पन्न गरिने भन्दै उनले आशंका नगर्न आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org