ताजा समाचार

धादिङमा माईक्रोबसले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु, स्थानीयले माईक्रोबस जलाए

धादिङ, २३ जेठ । धादिङमा माईक्रोबसले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ । सिम्लेमा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ प २६७४ नम्बरको यात्रुबाहक माईक्रोबसले ठक्कर दिँदा थाक्रे गाउँपालिका–२ सिम्ले बस्ने बन्दना परियारको घट्नास्थलमै ज्यान गएको हो ।

ठक्कर दिँदा सोही ठाउँ बस्ने सुस्मा थापा र गंगा थापा घाइते भएका छन् । घाइते दुईको अवस्था गम्भिर रहेको सिम्ले प्रहरीले जनाएको छ । आक्रोशीत स्थानियले पैदल यात्रीलाई ठक्कर दिने माईक्रोबस जलाइदिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org