ताजा समाचार

३ सय ८८ मतका साथ चौथो कार्यकालका लागी प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं, २३ जेठ । शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा संसदबाट निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत पर्यो । मतदान प्रक्रियामा कूल ५५८ सांसद सहभागि भएका थिए ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org