ताजा समाचार

मन्त्री छान्न माओवादी हेडक्वाटर बैठक बालुवाटारमा, राप्रपा अझै अन्योलमा

कठामाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको छनोठ गर्न बालुवाटारमा माओवादी केन्द्रीय कार्यलय वैठक बोलाइएएको छ । बुधबार बिहानै सुरु भएको बैठकले प्रारम्भमा दुईजना मन्त्रीको नाम सिफारिस गर्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नेछन् र पहिलो चरणमा आजै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्नेछन् । यसक्रमा माओवादीले पहिलो चरणमा गृहमन्त्री र उपप्रधानमन्त्री पठाउने गृहकार्य गरेको छ ।

देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय सम्हाल्ने छ । आज दुई मन्त्रीहरु छनोट गरेपछि बाँकी छ मन्त्री दोस्रो चरणमा छानेर पठाउने माओवादी केन्द्रको तयारी छ । मन्त्री बन्न धेरै आकांक्षी भएपछि माओवादी केन्द्रलाई कसलाई पठाउने भन्नेमा सकस भएको छ ।

यसैवीच कांग्रेसले राप्रपालाई पनि एक मन्त्रीको नाम दिन आग्रह गरेको छ । तर, राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडान छाडेका छैनन् ।

देउवाले राप्रपालाई ४ वटा मन्त्रालय दिने वचन दिएका छन् । पशुपति समशेर राणा र दीपक बोहोरा लगायतका नेताहरु उपप्रधानमन्त्री नपाए पनि सरकारमा जाने पक्षमा छन् भने कमल थापा उपप्रधानमन्त्री पाउनुपर्ने र आफैंले सरकारको नेतृत्व गर्नुपर्ने अडानमा भएका कारण राप्रपाले मन्त्रीको नाम छान्न सकेको छैन ।

राप्रपाले मन्त्रालयबारे छलफल गर्नका लागि दिलनाथ गिरी, जयन्त चन्द र कुन्ती शाही रहेको कार्यदल बनाएको छ । सो कार्यदललाई अहिलेसम्म प्रधानमन्त्री देउवाबाट केही पनि खबर नआएको नेता दिलनाथ गिरीले जानकारी दिए । राप्रपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष कमल थापाले नै गर्ने गिरीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org