ताजा समाचार

कांग्रेसबाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र भौतिक पूर्वाधार ज्ञानेन्द्र कार्की

काठमाडौं, २४ जेठ । नेपाली काँग्रेसले सरकारमा जान तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुमध्ये ३ जनाको नाम टुंगो लगाएको हो ।

नेताहरु गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्कीको नाम टुंगो लगाइएको हो । तेस्रोमा महेश आचार्यलाई पनि पठाउने तयारी भईरहेको छ । उनको नाममा भने टुंगो लागेको छैन् ।

श्रेष्ठलाई उपप्रधानमन्त्री दिइने समझदारी भएको बताइएको छ भने मन्त्रालयबारे भने अन्तिम टुंगो लाग्न बाँकी रहेको छ । मन्त्री र मन्त्रालयको टुंगो लगाउन अहिले देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको छ ।

यस्तै ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री हुनेछन् । उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेछन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार आफैंसँग राख्ने कांग्रेसको तयारी छ ।

यस्तै अर्का मन्त्री रामचन्द्र पौडेल समूहबाट हुनेछन् । महेश आचार्य मन्त्री हुने सम्भावना छ । तर, उनको नाम आइनसकेको एक नेताले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org