ताजा समाचार

माओवादीबाट महरा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको आज विहान बसेको हेडक्वार्टर बैठकले महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउने भएको हो । साथै अन्य दुई मन्त्रीको समेत टुंगो लगाएको छ ।

माओवादी केन्द्रले जनार्दन शर्मा र प्रभू शाहलाई समेत पहिलो चरणमा सरकारमा पठाउने भएको छ । माओवादी केन्द्रका नेता मणि थापाले महराको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए । जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नेछन् भने प्रभू शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org