ताजा समाचार

काँग्रेस र माओवादीले पहिलो चरणमा सरकारमा जाने मन्त्रीको टुंगो लगायो, यी हुन्, मन्त्रीहरु

काठमाडौं, २४ जेठ । नेपाली काँग्रेस र माओवादी केन्द्रले शेरबहादुर देउवा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएका छन् । मंगलबार मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवा सरकारमा पहिलो चरणमा जाने मन्त्रीहरुको टुंगो लगाईएको हो ।

मन्त्रीहरुको टुंगो लागेसँगै प्रधानमन्त्री देउवाल र मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् । नेपाली काँग्रेसको तर्फबाट गोपालमान श्रेष्ठ उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्नेछन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार काँग्रेसले आफैंसँग राख्ने भएको हो । त्यस्तै रामचन्द्र पौडेल समूहका तर्फबाट महेश आर्चाय पनि मन्त्री बन्न लागेका छन् । तर उनले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन् । पौडेल समूहले देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेकाले आर्चाय मन्त्री बन्नेमा अन्यौल कायम छ ।

त्यस्तै सत्ताको साझेदार माओवादी केन्द्रले पहिलो चरणमा तीन जना मन्त्री पठाएको छ । कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्रले सरकारमा पठाउने निर्णय गरेको हो । महरा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने छन् । त्यस्तै प्रचण्ड सरकारमा सफल उर्जा मन्त्रालय सम्हालेका जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रालय पाएका छन् । त्यस्तै प्रभु शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् ।

राप्रपाले भने अहिलेसम्म मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन् । राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय माग गरेको छ । तर देउवाले भने एक जनामात्रै मन्त्री पठाउन भनेको छ । देउवाले सानो आकारको मन्त्रीपरिषद गठन गर्नभन्दै राप्रपासँग एक मात्र मन्त्री पठाउन भनेको हो । त्यस्तै विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत मन्त्रीको टुंगो लगाउन सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org