ताजा समाचार

आठौं कोरियन भाषा परीक्षाका लागि केन्द्र तोकियो (सूचनासहित)

काठमाडौं, २४ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा जान चाहने युवाहरुका लागि आगामी जेठ २७ र २८ गते दुई आठौं कोरियन भाषा परीक्षा सञ्चालन हुँदैछ । दुई सिफ्टमा सञ्चालन हुने भाषा परीक्षाका लागि इपिएस शाखाले सवै तयारी पुरा गरेको जनाएको छ ।

नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियाका लागि दुई चरणमा हुने भाषा परीक्षामा पहिलो चरणको परीक्षा विहान ८ बजेवाट सुरु हुनेछ भने दोस्रो मध्याह्न १२ वजेवाट हुने इपिएस कार्यालयले जनाएको छ । विगतमा काठमाडौं उपत्यका वाहिर पोखरामा समेत भाषा परीक्षा सञ्चालन भएकामा यस पटक काठमाडौं र ललितपुरमा मात्र परीक्षा केन्द्र तोकिएका छन् ।

इपिएसले काठमाडौंमा १७ वटा र ललितपुरमा ९ वटा परीक्षा केन्द्र तोकेको जनाएको छ । आठौं पटक हुन लागेको इपिएस भाषा परीक्षाका लागि कूल ७५ हजार ५ सय ८० जनाले आवेदन फाराम भरेका थिए । कोरियाले यस पटक नेपाललाई १० हजार २ सय कोटा तोकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org