ताजा समाचार

देउवाको फोनपछि पौडेलको निर्णय एक घण्टामै उल्टियो, पौडेल समूह सपथ ग्रहणमा

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताएको रामचन्द्र पौडेल समूहले अन्तमा आएर निर्णय उल्टाएका छन् ।

मन्त्री छनोटमा एकलौटी ढंगले अगाडी बढेको भन्दै पौडेल समूहले देउवाको सपथ ग्रहण कार्यक्रम वहिस्कार गर्ने घोषणा गरेका थिए । तर देउवाले पौडेललाई फोन गरेर ‘छलफल गरेर मिलाउँछु’ भनेपछि पौडेल समूहको निर्णय एक घण्टामै उल्टिएको हो ।

यसअघि पौडल समूहको बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय सार्बजनिक भएपछि देउवाले पौडेललाई टेलिफोन गरेका थिए ।

‘सभापति जीले यस्तो निर्णयले गलत म्यासेज जान्छ । सपथ ग्रहण कार्यक्रममा आइदिनुस् । अरु कुरा म मिलाउँछु भन्नुभयो,’ पौडेल समूहका एक नेताले भने, ‘उहाँको आग्रहअनुसार सपथ ग्रहणमा सहभागी हुन्छौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org